
काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वका आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ ।
विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आज मतदान हुन लागेको हो । अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी प्यानलसहित प्रतिस्पर्धामा छन् ।
थेबेलाई अध्यक्ष केपी शर्मा ओली र पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समर्थन गरेका छन् । महाधिवेशनमा एक हजार ७५० प्रतिनिधि छन्।
























