
काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।
आज (सोमबार) कांग्रस पदाधिकारी बैठकपछि बोल्दै प्रवक्ता प्रकाशशरण महतले गृहमन्त्री लेखकको कुनै संलग्नता नरहेको तर संलग्न रहेकाहरूलाई कारवाही गर्ने बताएका हुन् ।
‘उहाँ (रमेश लेखक) ले सबिस्तार आफ्नो कुरा राख्नु भयो । संलग्नता छैन । गल्ती कमजोरी छैन भन्ने कुरा राख्नु भो । यो कुरा राखेपछि उहाँको कुरामा पूर्ण विश्वास गर्यौँ,’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महतले भने,’उहाँको संलग्नता छैन । जो संलग्न छन्, उनीहरूमाथि कारवाही हुनुपर्छ । यस विषयमा हामी सबै विश्वस्त भएका छौँ ।’

























