न्युजिल्यान्डका उपप्रधानमन्त्री जेठ १५ गते नेपाल आउने

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार ०९:१९

काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउने पक्का भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी २ दिने भ्रमणका लागि जेठ १५ गते काठमाडौं आउने भएका हुन् । नेपाल भ्रमणमा रहँदा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. अरुजु राणा देउवालगायतसँग भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

यो न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुन लागेको पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

न्युजिल्यान्ड सरकारको आधिकारिक वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्सले अष्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको भ्रमण गर्ने उल्लेख छ । यस भ्रमणको उद्देश्य दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध सुदृढ गर्नु रहेको उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.