२०८४ को चुनावमा सबै क्षेत्रमा उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार ११:५१

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्ना कुरा राख्दै उनले त्यस बेला ‘बेदाग र इमान्दार व्यक्तिलाई उम्मेदवार बनाउने’ जनाएका छन् ।

साम्पाङले फेसबुक पेजमा लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेद्वार बन्नेछन् ।’

को कोसँग मिलेर निर्वाचन अभियानमा जान्ने भन्ने उनले खुलाएका छैनन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनिएकाहरुबीच एकता हुने भन्ने चर्चा भने आम रुपमा चलिरहेको छ ।

१६ मंसिरमा कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा साम्पाङले राजमान महर्जन (मानव) लाई समर्थन गरेका थिए । कांग्रेस उम्मेदवार कृष्णमान डंगोल मेयर निर्वाचित हुँदा महर्जनले चौथो स्थान हासिल गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.