
काठमाडौं । प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अवरोधका बीच आधा घन्टाका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।
भिजिट भिसा प्रकरणमा छानविनको बाटो खुलाउनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षीहरूले सदन अवरोध गरेका थिए ।
सत्तापक्षी दलका नेता श्याम घिमिरे बोल्दै गर्दै प्रतिपक्षीले चर्को स्वरमा नारावाजी गरेपछि आवाज नसुन्निएको भन्दै उनलाई नबोल्न सभामुखले आग्रह गरे । त्यसलगत्तै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरिएको जानकारी गराएका हुन् ।

























