युवा संघ नेतृत्व चयनका लागि मतदान जारी

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १३:१८

पोखरा । नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज आज (मंगलबार) बिहान साढे १० बजेदेखि सुरू भएको विद्युतीय मतदानमा शान्तिपुर्वक युवाहरू सहभागी भएका छन् ।

मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीले जनाएको छ । पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ । पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत गराउने नाममा सुरुमा रोकिएको निर्वाचन प्रक्रिया सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।

अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् । थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । थेबेलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले र पुरीलाई एमालेभित्र प्रभाव बढाउँदै गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले साथ दिएको युवासंघका नेताहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.