गभर्नरमा पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १३:३५

काठमाडौं । राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदर माग गर्दै परेको रिट सर्वोच्च अदालतमा आज (मंगलबार) दर्ता भएको छ । उक्त रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि निवेदन दिएका हुन् ।

उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानुनी रहेको दावी गरेका छन् । निवेदकहरूले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दावी गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.