प्रधानमन्त्रीबाट संविधानप्रदत्त स्वतन्त्रता कुण्ठित गर्ने प्रयास : राप्रपा

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १४:४३

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुे जेठ १५ गते आयोजना गरेको कार्यक्रम भड्काउन खोजेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आरोप लगाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका हुन् । आज (मंगलबार) सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् । संविधानले दिएको स्वतन्त्रता सरकारले कुन्ठित गर्न खोजेको उनको आरोप छ ।

‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो,’ उनले भने ।

आफूहरुले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेको उनले बताए । राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् ।

त्यस दिन ओलीले काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई सोहीअनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका थिए ।

उनको यो अभिव्यक्तिको चौतर्फी विरोध र आलोचना भइरहेको छ । राजावादी संस्थाहरु, राजनीतिक दलहरु र तिनका नेताका साथै राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.