फर्जी मतदाता विवादमा युवा संघको चुनावमा तनाव

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १४:५४

पोखरा । एमालेनिकट राष्ट्रिय युवा संघको चुनावमा फर्जी मतदाता भेटिएपछि केहीबेर तनाव उत्पन्न भएको छ । मतदाता नामावलीमा नाम भए पनि अर्कैले भोट हालेको र नक्कली प्रतिनिधि फेला परेको भन्दै अध्यक्षका उम्मेदवार सुमन पुरी पक्षले विरोध जनाएपछि तनाव सिर्जना भएको हो ।

मतदानस्थलबाट एक जना फर्जी मतदातालाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिले अर्कै मतदाताको नामको नक्कली परिचयपत्रबाट मतदान गर्न खोजेपछि पुरी पक्षले मतदान स्थलमा नाराबाजी गरेका थिए। प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य भएको थियो । मतदानस्थलबाट चार वटा फर्जी परिचयपत्रसमेत बरामद गरिएको उम्मेदवार पुरीले बताएका छन् ।

युवा संघको १० औं महाधिवेशनमा क्षितिज थेबे र सुमन पुरी प्यानलबीच प्रतिस्पर्धा जारी छ। मंगलबार बिहानदेखि सुरु भएको मतदान हालसम्म चलिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.