गणतन्त्र दिवसमा कोशी सरकारले कन्सर्ट गर्ने

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १८:३२

विराटनगर । गणतन्त्र दिवसकाे अवसरमा कोशी प्रदेश सरकारले अन्तरक्रिया पछि कन्सर्ट आयोजना गर्ने भएको छ । मुख्यमन्त्री हिकमतकुमार कार्कीको नेतृत्वमा रहेको मूल समारोह समितिले बिहीबार कन्सर्ट आयोजना गर्ने भएको हो ।

गणतन्त्र दिवसकै अवसरमा बुधबार बिहान राजनीतिक पार्टीका नेताहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

बिहीबार दिउँसो विराटनगरस्थित महेन्द्र चोकमा ‘राष्ट्रिय भावनाले ओतप्रोत गीत–संगीतयुक्त कन्सर्ट’ आयोजना गर्ने भएको हो ।बिहीबार दिउँसो ३ बजे विराटनगरको महेन्द्र चोकमा सरकारले आयोजना गर्ने कन्सर्टमा गायिका रचना रिमाल, अञ्जु गौतम, गंगा गौतम, सृष्टि हिङ्माङ, सुमित खड्कालगायतले प्रस्तुति दिनेछन् ।

बुधबार ‘संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती’का विषयमा अन्तरक्रिया हुनेछ ।

अन्तरक्रियामा एमाले नेता प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नेछन् । वक्ताका रुपमा कांग्रेसका नेता डा‍. मिनेन्द्र रिजाल र माओवादी नेता हरिबोल गजुरेल सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.