विराटनगरमा भेटियो दुर्लभ सर्प, उद्धार गर्दा उद्धारकर्ता घाइते

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार ०८:१२

विराटनगर । विराटनगरमा दुर्लभ मानिने स्पिटिङ कोब्रा सर्प फेला परेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा दुर्लभ मानिने स्पिटिङ कोब्रा फेला परेको हो ।

यो सर्पले जोखिम महसुस गरे परैबाट विष फाल्ने गर्छ । सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरे घाइते भएका थिए ।

चिकित्सकका अनुसार यो सर्पको विष अनुहार तथा आँखामा परे गम्भीर असर गर्नसक्छ ।

विराटनगरका अन्य स्थापनमा पनि यस्ता सर्प फेला परे खबर गर्न महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचित गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.