गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितामा दृढ छौं : देउवा

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार १०:४५

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशिताको प्रभावकारी कार्यान्वयनमा आफ्नो पार्टी दृढ रहेको बताएका छन् । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको प्रशिक्षक प्रशिक्षण कार्यक्रम समुद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले आज (बुधबार) यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताजस्ता ऐतिहासिक उपलब्धिहरूको प्रभावकारी कार्यान्वयनमा पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे । संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै थप प्रगतिशील बनाउन आफूहरूले चाहेको देउवाको भनाइ थियो ।

देउवाले आदिवासी जनजाति लगायतका समुदायका चाडपर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यको सुरुवात नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेको तथ्य स्मरण गराए । उनले आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिवद्ध रहेको पनि बताए ।

संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारु आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप श्रोत साधन सम्पन्न गराउन कांग्रेस सचेत रहेकोसमेत देउवाले जानकारी दिए । सभापति देउवाले नेपाली कांग्रेस आदिवासी जनजातिहरूको सशक्तिकरणका लागि सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.