जेठ १५ गतेको प्रदर्शन : भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार ११:५४

काठमाडौं । जेठ १५ गते राजावादीले गर्ने भनिएको प्रदर्शनलाई लिएर नेपाल प्रहरीका उच्च अधिकारीबीच छलफल भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सहितको समूहले पूर्वराजाको पक्षमा प्रदर्शन गर्न लागेका छन् ।

त्यसै दिन सत्तारुढ पार्टी नेकपा (एमाले) ले पनि उपत्यकामा प्रदर्शन गर्दैछ । प्रदर्शनअघि उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले काठमाडौँ उपत्यकामा कार्यरत युनिट इन्चार्जहरूलाई ब्रिफिङ गरेका छन् ।

आज (बुधबार) बिहान भृकुटीमण्डपस्थित पुलिस क्लबमा काठमाडौँ र ललितपुरका एसएसपी तथा भक्तपुरका एसपी सहितका अधिकृतहरूलाई तामाङले ब्रिफिङ गरेका हुन् । त्यस क्रममा १८ जना वृत्त इन्चार्ज र प्रभागको नेतृत्व गर्ने इन्स्पेक्टरहरू सहभागी थिए ।

एआईजी तामाङले इन्चार्जहरूलाई आफ्नो एरियामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रदर्शन गर्ने राजावादी समूहको सूचना सङ्कलन गर्न तामाङले मातहतलाई निर्देशन दिएका छन् । प्रदर्शनकारीको सम्भावित गतिविधिका सूचना सङ्कलनमा ध्यान दिन उनले निर्देशन दिएका हुन् ।

भीड नियन्त्रण गर्दा आफ्नो सुरक्षामा पनि ध्यान दिन तामाङले निर्देशन दिएका छन् । उनने भने– ‘शान्ति सुरक्षा राम्रो गर्दै गर्दा आफ्नो सुरक्षामा पनि ध्यान दिनुस् ।’

प्रदर्शनको समयमा भीआइपी र भीभीआईजीको निवास, कार्यालय र महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा दुरुस्त राख्न उनले मातहतका युनिटहरूलाई निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.