मोरङको सुन्दरहरैँचामा पैनीमा डुबेर १ जनाको मृत्यु

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार १५:४८
सांकेतिक फाेटाे

विराटनगर । मोरङको सुन्दरहरैँचामा पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ खोरियास्थित पैनीमा डुबेर ३० वर्षीय पूर्णकाजी विकको आज (बुधबार) मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई डुबेको देखेर स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीमा सूचना प्राप्त भएपछि गछियास्थित प्रहरी चौकीबाट टोली परिचालन गरिएको थियो ।

घटनास्थलको अवस्था बुझ्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.