सुन्दरहरैँचामा अज्ञात पुरुष मृत अवस्थामा भेटिए

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार १६:१२

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ झरनापुल नजिक १ जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

उक्त पुलको सडक छेउमा फेला परेका ती व्यक्तिको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार पहाडी मूलको जस्तो देखिने अन्दाजी ३० वर्षका पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

सडक छेउ लडिरहेको देखेर स्थानीयले प्रहरीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको टोलीले घटनाबारे अनसुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.