
काठमाडौं । भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । बुधबार संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो संलग्नता नभएको बताएका हुन् ।
‘यो जसरी मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणाहरू अभिव्यक्त भएका छन्। यो असत्य कुरा हो,’ उनले भने,‘यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा म यहाँहरूमार्फत निवेदन गर्न चाहान्छु ।’
उनले यस विषयमा संसदमै कुरा राख्न खोजे पनि विपक्षीहरूले अवरोध गर्दा पत्रकार सम्मेलन गर्नुपरेको बताए ।
























