
काठमाडौं । संघीय सरकारले भोलि (बिहीबार) आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ३ बजे अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरुद्ध गरेका विपक्षी दलले सरकारलाई बजेट ल्याउँदा भने अवराेध नगर्ने बताएका छन् ।
संघीय संसद् बैठक भोलि दिउँसो १ः४५ बजे बोलाइएको छ ।
























