संखुवासभामा आमा छोरी मृत फेला

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार २०:०३

विराटनगर । संखुवासभाको चैनपुरको एक घरमा आमा छोरी मृत अवस्था फेला परेका छन् ।

चैनपुर नगरपालिका –११ लुहाकोटका कृष्णप्रसाद त्रितालकी श्रीमती ४२ वर्षीया सीता खनाल र ७२ दिनकी शिशु (आमा छोरी) आफ्नै घरमा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार (आज) दिउँसो करिब १ बजेतिर आफ्नै घरको सुत्ने कोठाभित्र आमा छोरी मृत भेटिए पनि घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको विभिन्न तवरबाट अनुसन्धान सुरु भइसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.