
काठमाडौं । राजावादी र गणतन्त्रवादीले प्रदर्शन गर्ने भनिएको आज (बिहीबार) को अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । राजावादीले पूर्वराजाका पक्षमा अनि नेकपा (एमाले) ले गणतन्त्रका पक्षमा आज शक्ति प्रदर्शन गर्दै छन् ।
त्यसैलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।
भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ ।
प्रशासनले उनीहरूका लागि दिउँसो साढे २ बजेपछिको समय तोकिदिएको छ ।

























