कस्तो छ काठमाडौंको सुरक्षा अवस्था ?

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार ११:०८

काठमाडौं । राजावादी र गणतन्त्रवादी पक्षले आज (बिहीबार) संघीय राजधानीमा गर्ने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन विशेष सुरक्षा रणनीति अपनाइने भएको छ । सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्रका पक्षमा अनि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्व राजाका समर्थकले राजन्त्रका पक्षमा प्रदर्शन गर्दै छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार बिहीबारका लागि सुरक्षा योजना बनाएर काम अघि बढेको छ । उनले नेकपा (एमाले) ले भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, टुँडिखेल क्षेत्रमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने सम्बन्धमा जानकारी प्राप्त भएकोले सो अनुरुप सुरक्षा व्यवस्था मिलाइएको बताए ।

आफूहरुले सुरक्षा योजना बनाएर काम गरिरहेको उनले बताए । सबै कार्यक्रम शान्तिपूर्णरुपमा हुने गरी तयारी अगाडि बढेको उनको भनाइ छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले काठमाडौं उपत्यकासहित देशभरमा हुने गणतन्त्र दिवससँग सम्बन्धित कार्यक्रममा सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी प्रहरीको रहेको बताए ।

कार्यक्रममा कुनै अप्रिय घटना हुन नदिन तथा कानुन उल्लङ्घन हुन नदिने ढङ्गबाट सुरक्षा व्यवस्थापनको तयारी हुने उनको भनाइ छ । कानुन उल्लङ्घन हुने गतिविधि भएमा तत्काल कानुनी कारवाही हुने उनले बताए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार प्रदर्शन क्षेत्रमा कस्तो गतिविधि हुन्छ, त्यही अनुसार ट्राफिक व्यवस्थापन गरिने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.