
काठमाडौं । राप्रपालगायत राजावादीहरूले आज (बिहीबार) काठमाडौंमा आयोजित आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने भएको छ ।
यसअघि राजावादी आन्दोलनमा अग्रपंतिमा रहेको प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ आजको आन्दोलनमा सहभागी नहुने भएको हो ।
अभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बूले जारी गरेको विज्ञप्ति अनुसार उक्त आन्दोलनमा उनीहरूको कुनै सहकार्य छैन ।
साथै, उक्त आन्दोलनको क्रममा कुनै घटना घटेको खण्डमा आफ्नो अभियान कुनै पनि जिम्मेवारी नलिने पनि विज्ञप्तिमा उल्लेख छ ।
























