
काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रसहितको माग राखेर काठमाडौंमा राजावादीहरुले प्रदर्शन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिसहितले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलगायत सहभागी छन् ।
राजावादीले उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकालेर प्रदर्शन गरेका हुन् । प्रदर्शन भृकुटीमण्डप पुगेर सभामा परिणत हुने छ ।




























