
विराटनगर । पूर्वका मुख्य २ पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माण गरिने भएको छ । पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माण गर्ने सरकारले जनाएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आज (बिहीबार) संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनका अनुसार कोशीटप्पुदेखि सगरमाथासम्म र नेपालको होचो स्थान केचनादेखि पाथीभरासम्म पदमार्ग निर्माण गरिने छ ।
आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटले कोशीटप्पुदेखि सगरमाथा पदमार्ग निर्माण गर्ने अर्थमन्त्री पौडेलले घोषणा गरे ।

























