सिंघियामा डुबेर बालकको मृत्यु

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १७:५७

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित सिंघिया खोलामा डुबेर बिहीबार दिउँसो बालकको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका–२ का श्रवण महतोका छोरा ६ वर्षीय कुशकुमार महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार कुशकुमार अन्य बालबालिकासँगै सिंघिया खोलामा पौडी खेल्न गएको पत्ता लागेको छ ।

त्यस क्रममा डुबेर उनी बेपत्ता भएको जानकारी दिउँसो ३ बजेतिर प्रहरीले प्राप्त गरेको थियो । खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको डीएसपी जोशीले बताए ।

कानुनी प्रक्रिया पूरा गरी खोलाबाट बाहिर निकालेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.