प्रतिनिधिसभा बैठक जेठ २० गतेसम्मका लागि स्थगित

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १८:०२

काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ २० गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक जेठ २० गते बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।

सभाको आजको बैठकमा आर्थिक वर्षको बजेट पेस भयो । बजेट प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका हुन् ।

त्यस्तै प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री पौडेलले बजेट टेबुल गरे । बजेटलाई कार्यान्वयन गर्ने आर्थिक विधेयक पनि पौडेलले आजैको बैठकमा टेबुल गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.