
विराटनगर । राइड सेयरिङलाई मान्यता दिन गण्डकी प्रदेश सरकारले ल्याएको कानुनको विरोधमा यातायात व्यवसायीले गण्डकीमा सार्वजनिक यतायात सेवा ठप्प पारेका छन् ।
गण्डकी प्रदेशले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेपछि त्यसको विरोधमा व्यवसायीले सार्वजनिक सवारी बन्द गरेका हुन् ।
कोशी प्रदेश सरकारले पनि राइड सेयरीङ्ग सम्बन्धि कानुन निर्माण गरेको छ । तर कार्यान्वयनमा भने आइसकेको छैन । गत बैशाख १६ गते जारी अध्यादेशमा राइड सेयरिङ सम्बन्धि प्रावधान छ ।
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को दफा ८ को उपदफा (३) पछि देहायको उपदफा (४) थप गर्दै अध्यादेशमा लेखिएको छ ।
उपदफा (२) मा जनसुकै कुरा लेखिएको भएता पनि निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुइ पाङ्ग्रे सवारीले छुट्टै अनुमति पत्र लिई तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार (राइड सेयरीङ्ग) गर्न सक्नेछ।’


























