
काठमाडौं । साहित्यकार तथा पूर्वपत्रकार विजय चालिसेको आज (शुक्रबार) निधन भएको छ। ७४ वर्षीय उनको बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको २००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका थिए । चालिसे कुनैबेला गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक थिए ।
चालिसेले पत्रकारिता, आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब लेखेका छन् । केही समयअघि मात्रै उनको ुयुगसन्धिु नामक उपन्यास बजारमा आएको थियो । चालिसे आख्यानकार रमेश विकलका पुत्र हुन् ।

























