प्रतिपक्षीले गृहमन्त्रीको राजीनामा माग्नु अनुचितः प्रधानमन्त्री

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १७, शनिबार १०:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १ जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित क्रियाकलाप भएको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपद्वारा आज (शनिबार) काठमाडौंमा आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने स्पष्ट गरे ।

‘म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहिँ चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वाभाविक मान्नु पर्दैन’ उनले भने।

पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उनीमाथि गृहमातहतको सिआइबीले छानबिन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.