
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैँ किराँत समुदायसँगै रहेको बताएका छन् ।
खोटाङको तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको ‘तुवाचुङ् डे’ लाई उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसले सधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने समेत उनले उल्लेख गरे ।
संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत सुनाए । कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।
























