देउवाभन्दा राम्रो प्रधानमन्त्री बन्न सक्ने नेता पार्टीमा छन्ः गगन

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १७, शनिबार १९:१७

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र सभापति शेरबहादुर देउवा भन्दा अरु धेरै व्यक्ति प्रधानमन्त्री चलाउन सक्षम रहेको बताएका छन् ।

ललितपुरमा आज (शनिबार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘आजको प्रश्नको उत्तर दिन सक्दैन भने मान्छे हिजो फर्किन्छ । म अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ,’ महामन्त्री थापाले भने, ‘म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।’

कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने पनि उनले बताए । संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने कि गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने थापाको भनाइ छ । राजतन्त्र पुनःस्थापनका लागि पूर्वराजा शाहलाई मैदानमा उत्रिन उनले चुनौती दिए ।

‘उनले भने, ‘नेपालको राजा राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो सट्टापट्टको बार्गेनिङको कुरा नगरौँ अब । सिधा आउनुपर्छ, मैदानमा आउनुपर्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.