
विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी)ले पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । प्रतियोगिताको उपाधिका लागि लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजीले ती तीनैजना खेलाडीले क्लब छाडेपछि उपाधि जितेको हो ।
फाइनलमा पीएसजीले इटालियन क्लब इन्टर मिलानलाई ५–० को एकपक्षीय नतिजामा हराएको हो ।पीएसजीका डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे ।
एम्बाप्पे गत सिजन मात्रै पीएसजीबाट रियल मड्रिडमा आवद्ध भएका थिए ।
च्याम्पियन्स लिगको उपाधि यात्रामा पीएसजीले लिभरपुल, एस्टन भिला र आर्सनल जस्ता सशक्त टोलीलाई पराजित गरेका थियो ।
इन्टर मिलान यसअघि तीन पटक (१९६४, १९६५, २०१०) च्याम्पियन्स लिग जितेको थियो ।

























