
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आज (आइतबार) काठमाडौंको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।
प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको राप्रपा नेताहरुले जानकारी दिएका छन् । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
राजावादी समूहले बिहीबारदेखि राजतन्त्र र हिन्दु राज्य माग गदैृ प्रदर्शन गर्दै आएका छन् ।

























