विराटनगरको जामुनगाछीमा शिवालय मन्दिरको पुनःनिर्माण

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १८, आइतबार २०:१८

विराटनगर । विराटनगर महानगरपालिका–४ जामुनगाछीममा रहेको राजा बाबा जामुनेश्वर शिवालय मन्दिरको पुनःनिर्माण गरिएको छ ।

पुनःनिर्मित भवनको आज (आइतबार) उद्घाटन गरिएको छ । भवनको उद्घाटन श्री विभूषित बालसन्त महाराज जगत गुरु श्री मोहन शरण देवाचार्य जीले गरेका हुन् ।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष सुनीलकुमार श्रेष्ठका अनुसार मन्दिर जीर्ण अवस्थामा थियो । स्थानीय बासिन्दा, समाजसेवी र वडा कार्यालयको सहयोगमा मन्दिर पुनःनिर्माण गरिएको श्रेष्ठले बताए ।

मन्दिर व्यवस्थापन समितिका सचिव एपोलो भगतका अनुसार मन्दिर पुनःनिर्माणमा सहयोग गर्नेहरुलाई उद्घाटनको अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको भगतले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.