दुर्घटनामा घाइते भएकी युवतीको ५ दिनपछि मृत्यु

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १८, आइतबार २०:३६

विराटनगर । झापामा दुर्घटनामा परेर घाइते भएकी १ जना युवतीको ५ दिनपछि मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–१४ धाइजन चोकमा जेठ १३ गते दुर्घटना भएको थियो । धुलाबारीबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रकसँग सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारीका २७ वर्षीय राहुल गुप्ता र पछाडि सवार बुद्धशान्ति गाउँपालिका–५ की आकृति दनुवार घाइते भएका थिए । घाइतेमध्ये दनुवारको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको झापा प्रहरीले जनाएको छ । राहुलको अवस्था सामान्य छ ।

दुर्घटनालगत्तै प्रहरीले ट्रक र चालक बिर्तामोड नगरपालिका–३ का ३४ वर्षीय विजय लिम्बूलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.