एमाले संसदीय दलको बैठक बस्दै

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १९, सोमबार ०९:१७

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले) ले आज (सोमबार) संसदीय दलको बैठक बोलाएको छ । समसामयिक विषय र संसदमा प्रस्तुत आर्थिक वर्ष २०८२–०८३ को बजेटका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार दिउँसो १ बजे बस्ने गरी दलको बैठक बोलाइएको छ । उनका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवन लोत्सेहलमा बस्ने गरी बैठक बोलाइएको हो ।

बजेटमाथिको छलफल मंगलबारबाट सुरु हुँदैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.