एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ को मृत्यु, ७ जना घाइते

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १९, सोमबार १२:०८

काठमाडौं । पूर्वी नवलपरासीको दुम्कौली चोकमा बिरामी बोकेको एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार आज (सोमबार) बिहान दुर्घटना भएको हो । दुर्घटनामा स्कुल भ्यानका चालक ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको हो ।

बिरामी बोकेर नारायणगढतर्फ जाँदै गरेको एम्बुलेन्स र दिव्य एकेडेमी स्कुलको विद्यार्थी ओसार्ने भ्यान ठोक्किएको प्रहरीको भनाइ छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको उल्लेख गर्दै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.