
विराटनगर । हावाहुरीले तुलसी बहुमुखी सहकारी संस्थाको दमकमा रहेको ट्रष्ट भत्काएको छ । आइतबार वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका–९ मा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको शाखा कार्यालय भवन अगाडि राखेको ट्रष्ट र सीसा उडाएको हो ।
२ वर्षदेखि यो भवन बन्द अवस्थामा थियो । इलाका प्रहरी कार्यालय दमकमा अनुसार भवनको अगाडि भागको सबै सिसा फुटेर झरेको थियो । जसले गर्दा भवन अगाडि पार्क गरी राखेको मे १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडीको सिसा फुटेको छ ।
हावाले सहकारीकै ट्रष्ट उडाउँदा कमला पोखरेल भट्टराईले सञ्चालन गरेको दाजु भाई पसलमा समेत क्षति पुगेको छ ।
प्रहरीका अनुसार राति साढे ९ बजे आएको हावाहुरीले दमक नगरपालिका–४ अडियामल स्थित अडियामल–आम्दा अस्पताल सडकमा रहेको ७ वटा बिजुलीको पोल समेत ढलेको छ ।
सर्वसाधारणले बचत अपचलन मुद्दामा जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित तीन जनालाई सहकारी ठगीमा दोषी ठहर गरेको थियो ।

























