ट्यांकर दुर्घटनापछि च्यापिएका चालकको प्रहरीद्वारा उद्धार

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १९, सोमबार १२:४३

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ तमोर करिडोर सडक खण्ड अन्तर्गत भगुवा खोला नजिक ट्यांकर दुर्घटना हुँदा च्यापिएका चालकलाई प्रहरीले उद्धार गरेको छ।

फलामेटारबाट मूलघाटतर्फ जाँदै गरेको रौता कन्ट्रकसनको प्रदेश नम्बर १–०५–००१ क ००३१ नम्बरको पानी बोक्ने खाली ट्यांकर अनियन्त्रित भएर आइतबार राति बाटोमा पल्टिएको थियो ।

ट्यांकरका चालक उदयपुरको कटारी नगरपालिका–७ का ४४ वर्षीय सुन्दरबहादुर विक च्यापिएका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीको नेतृत्वमा १२ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको हो ।

दाहिने खुट्टामा गहिरो चोट लागेर उनी घाइते भएका छन् । उद्धारपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.