कोशीका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना हुने

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १९, सोमबार १२:४७

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ ।

कोशी प्रदेश सरकारको आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ‘ओएनएम’ स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशमा यसअघि ७ वटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय थिए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार ती कार्यालय प्रत्येक जिल्लामा थिएनन् ।

कुनै जिल्लामा सहरी र पूर्वाधार दुईटै कार्यालय थिए। त्यसका कारण एउटा कार्यालयले २–३ वटा जिल्लासम्म हेर्नुपर्दथ्यो। अब प्रत्येक जिल्लाले आफ्नो जिल्लाको मात्रै काम हेर्नुपर्ने र यसले सेवा प्रवाहमा सजिलो हुनेछ । मन्त्री भण्डारीले यो निर्णयले काम छिटो छरितो र हुने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.