सरकार र यातायात व्यवसायीबीच समिति बनाउने सहमति

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १९, सोमबार १३:४८

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच समिति बनाउन सहमति भएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सहमति भएको हो ।

‘राइड सेयरझ् को विरुद्धमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा आज (सोमबार) देखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

मन्त्रालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी समिति गठन गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट ८ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने जनाइएको छ ।

गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङ सम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन् ।

२०८१ साल असार १३ गते सर्वोच्च अदालतले राइड सेयरिङलाई मान्यता दिन सरकारलाई भनेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.