
काठमाडौं । सांसद प्रकाश ज्वालाले सोमबार राति यातायात व्यवसायीसँग भएको सहमतिले यातायातको क्षेत्रमा फेरि सिन्डिकेट भएको बताएका छन् ।
आज (मंगलबार) प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै उनले भने, ‘हामी कतातिर जाँदै छौँ । पहिला तोडेको सिन्डिकेट फेरि कायम गरियो,’ उनले भने, ‘सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिकै गरेको छ ।’
‘राइड सेयरिङ’ लाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने सांसद ज्वालाले बताए । अहिले राइड सेयरिङले धेरै सहज भएको उल्लेख गर्दै उनले भने, ‘मान्छेलाई सुविधा चाहियो । यो सहमति आपत्तिजन्य छ । यसले पब्लिकलाई ठूलो समस्या पार्छ ।’

























