करेन्ट लागेर झापामा हात्तीको मृत्यु

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २०, मंगलबार १०:०१
फाइल तस्बिर

झापा । झापाको कमल गाउँपालिका–३ रतुवामाई जंगलमा विद्युतप्रवाह चुहावट भइ करेन्ट लागेर जंगली हात्तीको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार सोमबार राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खसेर करेन्ट लागेपछि हात्तीको घटनास्थलै मृत्यु भएको हो ।

उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.