भेडेटार–रवि–राँके सडक फेरि अवरुद्ध

Share this
825shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २०, मंगलबार ११:५०
फाइल फाेटाे

विराटनगर । अविरल वर्षाका कारण अवरुद्ध भेडेटार-रवि-राँके सडक फेरि पहिरोले अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ लुम्फाजुङमा झरेको पहिरोले भेडेटार-डाँडाबजार सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ ।

शुक्रबार रातिको भारी वर्षाले साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको थियो । पहिरो पन्छाएर सोमबार अपराह्नदेखि सञ्चालनमा आएको सडक गए राति लुम्फाजुङमा ठूलो पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैबीच साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले भेडेटार-रवि-राँके सडक अन्तर्गत डाँडाबजार नजिक लुम्फाजुङ्गमा ठूलो पहिरोका कारण अवरुद्ध भएको बताए ।

उनले सडकको पहिरो नहटाउन्जेल वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बताए । निर्माणाधीन भेडेटार–डाँडाबजारको दुरी करिब १२ किलोमिटर छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.