
धनुषा । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सोमबारको भेटेका थिए ।
त्यसपछि संसदीय दलको नेताबाट राजीनामा दिएको माओवादी प्रदेशसभा सदस्य युवराज भट्टराईले बताए ।
अनैतिक गतिविधि गरेको आरोप लागेपछि उनले राजीनामा दिएको एक सांसदले बताए । उक्त आरोप सार्वजनिक भएपछि उनी विवादित बनेका थिए ।
























