
काठमाडौं । प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक पेश गर्ने तयारी भइरहेका बेला निजामती कर्मचारी ट्रेड युनियनहरु त्यसको विरोधमा सिंहदरबारभित्र धर्ना एवं घेराउमा उत्रिएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गने तयारी भइरहेको बताएका छन् ।
आफ्ना मागहरु सम्बोधन नगरी निजामती विधेयक पेश गर्न लागिएको भन्दै निजमति कर्मचारी आवद्ध सबैजसो ट्रेड युनियनहरुले संयुक्त रुपमा सरोकारवाला मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहान १० बजेदेखि धर्ना दिएका हुन् ।

























