
काठमाडौं । नेपाली सेनाका प्रवक्ता परिवर्तन गरिएको छ । सहायक रथी राजाराम बस्नेतलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ ।
यसअघिका सैनिक प्रवक्ता गौरवकुमार केसीलाई पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा गरिएको छ ।
बिहीबार सैनिक प्रवक्ताको जिम्मेवारी बरबुझारथ कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

























