खुकुरी प्रहार गरी हत्या

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १०:३३
सांकेतिक तस्बिर

विराटनगर । ताप्लेजुङमा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–६ उकालीपानीमा घटना भएको हो ।

आज (बुधबार) बिहानका राति स्थानीय अर्जुन गुरुङले खुकुरी प्रहार गर्दा २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्जुन र उनकी श्रीमती सरिता लिम्बू फक्क्तालुङ गाउँपालिका–३ तावास्थित फुपू योगमाया लिम्बूको घरमा पाहुना गएका थिए । त्यहाँ दम्पतीबीच विवाद भइ झगडा भएको थियो ।

फुपूले सम्झाइबुझाई गरी आफ्ने घर जानु भनेर स्थानीय खड्कबहादुर लिम्बूको छोरा २८ तेजेन्द्रको साथ लगाएर पठाएकी थिइन् । घर जाने क्रममा सिस्ने खोला नजिक पुगेपछि अर्जुनले तेजेन्द्रलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनको बायाँ कोखमा गहिरो चोट लागेको थियो ।

घटनाबारे वडाध्यक्ष आइतराम लिम्बूले सिवास्थित प्रहरी चौकीमा जानकारी गराएका थिए । प्रहरी सहायक निरीक्षक विमलकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको पाइएको थियो ।

खुकुरी प्रहार गर्ने अर्जुन फरार रहेको उल्लेख गर्दै प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । उनकी श्रीमती पनि सम्पर्कविहीन बनेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.