राजावादीले आन्दोलनको स्वरुप फेर्ने

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १२:४२

काठमाडौं । राजतन्त्र र हिन्दु राज्य माग गर्दै आन्दोलनरत् राजावादीहरूले आन्दोलनका स्वरूप फेर्ने भएका छन् । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको आज (बुधबार) बस्ने बैठकले आन्दोलनको स्वरूप परिवर्तनबारे निर्णय गर्ने समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए ।

राजावादीको आन्दोलनलाई मध्यनजर गरेर सरकारले काठमाडौँका कोटेश्वर, बल्खु र सिफलचौर बाहेक चक्रपथभित्रका अन्य स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

उनले नेपालबाहिर भएका विभिन्न देशका दूतावासमा घेराउ, प्रदर्शन गर्ने, नेपालका जिल्ला जिल्लामा पनि सोही प्रकारका कार्यक्रम गर्ने र काठमाडौंमा पनि एक ठाउँमा मात्र केन्द्रित नभएर विभिन्न स्थानमा आन्दोलन गर्ने कार्यक्रमहरू तय हुन सक्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.