करेन्ट लागेर मृत्यु

Share this
817shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १३:३७

विराटनगर । करेन्ट लागेर भोजपुरमा १ जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका–९ का ४२ वर्षीय आङतेम्बा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय पेम्बा छेलिङ गुम्बामा बाँसमा झण्डा लगाउने क्रममा उनलाई मंगलबार दिउँसो करेन्ट लागेको थियो । बाँसले बिजुलीको तारमा छोएपछि करेन्ट प्रवाह भएको थियो ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.