राजावादीको बैठकमा लफडा

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १५:५७

काठमाडौं । राजतन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनरत् ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा लफडा भएको छ । बैठकका सहभागीबीच माइक खोसाखोस भएको हो ।

बोल्ने क्रममा एकापसमा माइक खोसाखोस भएपछि काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठक प्रभावित बनेको छ ।

आज (बुधबार) को बैठकमा सहभागी राप्रपाका एक नेताका अनुसार ४४ राजावादी तथा हिन्दुवादी संघ संगठनका प्रतिनिधिसहितको बैठक भएकाले सहभागी खचाखच थिए ।

बैठकमा सहभागी धेरै भएको तर, बोल्न सबैलाई उपलब्ध नभएपछि उनीहरूले बोल्न समय माग गर्दै माइक खोसाखोस गर्न थालेपछि अवस्था असहज बनेको ती नेताको भनाइ छ ।

त्यसले गर्दा दोस्रो चरणको आन्दोलन तय गर्ने भनिएको बैठकले कुनै ठोस निर्णय गर्न सकेन । बैठक असहज बनेसँगै राजावादी समूहका शीर्ष नेताहरू बैठक हलबाट बाहिरिएका छन् ।

अब सीमित नेताहरू कुनै ठाउँमा बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने ती नेताको भनाइ छ । बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भने सहभागिता थिएन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.